ad ad

समाज


नेपालमा शक्तिशाली सामुद्रिक आँधीको प्रभाव, के हुन्छ?

नेपालमा शक्तिशाली सामुद्रिक आँधीको प्रभाव, के हुन्छ?

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर १९, २०८० मंगलबार १०:२३, काठमाडौँ

नेपालमा ‘पश्चिमी वायु’, भारतको उत्तरप्रदेशआसपास रहेको ‘न्यून चापीय क्षेत्र’का साथै देशको पूर्वी क्षेत्रमा मिक्जउम (MICHAUNG) नामक शक्तिशाली सामुद्रिक आँधी (Severe Cyclonic Storm) को समेत आंशिक प्रभाव परिरहेको मौसमविद्ले बताएका छन्।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित उक्त सामुद्रिक आँधीको प्रभाव नेपालको पूर्वी क्षेत्रमा परिरहेको हो।

‘त्यसले अहिले कोशी र मधेश प्रदेशका आकाशमा बादल ल्याइरहेको छ’, उनले भने, ‘जसका कारण मौसम आंशिक बदली भएको छ, हावाको गति पनि केही बढेको छ।’

उनका अनुसार त्यो सामुद्रिक आँधीको प्रभावले नेपालमा आंशिक बदली (आकाशमा बादल) मात्र गराउने सम्भावना देखिएको छ। ‘अहिलेसम्मको अनुमानमा वर्षा गराउने देखिन्न’, उनले भने।  

मौसम महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुलेटिनअनुसार राति कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली (आकाशमा बादल) रही देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .