ad ad

समाज


इन्टरपोलको महासभामा सहभागी भएर आईजीपी कुँवर स्वदेश फिर्ता

इन्टरपोलको महासभामा सहभागी भएर आईजीपी कुँवर स्वदेश फिर्ता

रासस
मंसिर २१, २०८० बिहिबार ११:४१, काठमाडौँ

प्रहरी महानिरीक्षक  (आईजीपी) वसन्तबहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९१औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन्। 

इन्टरपोल सचिवालयको आयोजनामा यही मङ्सिर  १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरा सहितको टोली पनि स्वदेश फिर्ता भएको हो। 

टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गरे। 

महासभामा सहभागी हुने क्रममा नेसनल सेन्ट्रल ब्युरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधिमण्डल तथा इन्टरपोलका अध्यक्षबीच शिष्टाचार भेट पनि  भएको थियो। 

महासभामा सहभागी एक सय ९५ इन्टरपोल सदस्य राष्ट्रका नेसनल सेन्ट्रल ब्युरोका प्रमुखबीच विश्वलाई सुरक्षित बनाउन सहकार्य गर्नेबारेमा छलफल भएको प्रहरी महानिरीक्षक कुँवरको सचिवालयले जनाएको छ। 

महासभाले इन्टरपोलको ९२औँ महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औँ महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ। 

इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालका तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई महासभामा सम्मान गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .