ad ad

समाज


तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार ६:५७, काठमाडौँ

पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। तराईका केही स्थानमा हुस्स/कुहिरो लागेको छ।

आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने रबाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना छ।

त्यस्तै आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ। देशका बाँकी भू-भागमा राति मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।  

आज देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र तराई मधेशका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने र त्यसले तापक्रम केही गिरावट आउन सक्ने हुँदा चिसोबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैमा अनुरोध गरेको । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .