हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तर, वर्षा हुने सम्भावना भने आज छैन।
पश्चिमी वायुको प्रभावस्वरुप हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (बिहीबार) दिउँसो कोशी प्रदेशको पहाडी भूऔभागमा आंशिक बदली हुने छ। बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।
राति पनि कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ।
देशैभरी चिसो भने बढ्दै गएको छ। चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।
96
Shares
प्रतिक्रिया