ad ad

समाज


विवाह पञ्चमीको अवसरमा सनातन संस्कृतिबारेको कार्यक्रम ‘युटोपिया’को टिजर रिलिज

विवाह पञ्चमीको अवसरमा सनातन संस्कृतिबारेको कार्यक्रम ‘युटोपिया’को टिजर रिलिज

नेपालखबर
पुस १, २०८० आइतबार १५:४२, काठमाडौँ

सनातन संस्कृतिको महत्व दर्शाउने कार्यक्रम ‘युटोपिया- एक सुन्दर भविष्य’ को टिजर आइतबार सार्वजनिक गरिएको छ।

युटोपियाको अर्थ रामराज्य हुने भएकोले पनि रामसीता विवाहको अवसरमा सार्वजनिक गरिएको हो।

कार्यक्रममा सनातन संस्कृति भित्र लुकेका रहस्य उजागर गर्ने निर्माता पक्षले जनाएको छ।

आजको पुस्ता आफ्नो संस्कृति  बारे सुनेको तर त्यसको महत्त्वबारे पूर्ण जानकार नभएकाले यस कार्यक्रमले फाइदा पुग्ने बताइएको छ। 

मेगा आर्ट एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको कार्यक्रमका निर्माता नवराज लम्साल छन्।

युटोपियाबाट समाजसेवासमेत गर्ने भन्दै हाल निर्माता लम्साल युटोपिया फाउन्डेसन अमेरिका शाखा बिस्तारको लागि अमेरिकामा छन्।

चलचित्र लेखक, निर्देशक, पत्रकार एवं युवा ज्योतिषको रूपमा परिचित जनक खड्काले कार्यक्रम प्रस्तुत एवम् निर्देशन गर्नेछन्।  

यस कार्यक्रममा पत्रकार पंकज मिश्रले एक विशेष धार्मिक रिपोर्ट प्रस्तुत गर्नेछन्। यस कार्यक्रमबाट देशमा चलेको धार्मिक समस्यासमेत हटाउन सहयोग मिल्ने विश्वास आयोजकको छ।

कार्यक्रममा देशका विशिष्ट योगदान दिनेहरूलाई  अतिथिका रूपमा बोलाएर हिन्दु धर्मको चुनौती, महत्व र अवसरलाई विश्लेषण गर्दै वैदिक ज्योतिषशास्त्रको आधारमा अतिथिको जन्मकुण्डली विश्लेषण गरिनेछ। कार्यक्रममा धर्मका साथै धर्मसँग जोडिएको विज्ञानको विषयमा बहस हुनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .