ad ad

समाज


बोल्न नसक्ने युवतीलाई सामूहिक रुपमा जबर्जस्ती करणी गरेको आरोपमा सर्लाहीबाट ३ जना पक्राउ

बोल्न नसक्ने युवतीलाई सामूहिक रुपमा जबर्जस्ती करणी गरेको आरोपमा सर्लाहीबाट ३ जना पक्राउ

नेपालखबर
पुस १४, २०८० शनिबार ७:२५, काठमाडौँ

सर्लाहीको बागमतीमा एक युवतीलाई सामूहिक करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

बागमती नगरपालिका- ४ सुकुम्बासी बस्तीकी ३१ वर्षीया बोल्न नसक्ने युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। बलात्कारमा परेकी युवती अविवाहित हुन्।

पक्राउ पर्नेमा सुकुम्बासी बस्तीका ३५ वर्षका हरि भनिने हिराबहादुर भुजेल, सोही ठाउँका ४२ वर्षीय राम भनिने खेलेन्द्र परियार र २१ वर्षीय अनिल भनिने धनलाल बराइली छन्। 

यही पुस १० गते राति करिब ११ बजे उनीहरुले बोल्न नसक्ने ती युवतीलाई रक्सी खुवाएर नजिकैको रहरीबारीमा लगेर सामूहिक करणी गरेका अनुसन्धानको क्रममा खुलेको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। 

करणीपछि फरार भएका उनीहरुलाई गोप्य सूचनाको आधारमा लुकेर बसेको ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरु गाउँबाटै पक्राउ परेका हुन्।

पीडित महिलाको प्रादेशिक अस्पताल मलंगवामा स्वास्थ्य परीक्षण गरिएको छ। उनको अवस्था सामान्य छ। 

आरोपी तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ। पक्राउ परेका तीनमध्ये २१ वर्षका धनलाल वाइवा भने अविवाहित युवा हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .