ad ad

समाज


चार प्रदेशमा मौसम बदली, पानी पर्ला कि नपर्ला?

चार प्रदेशमा मौसम बदली, पानी पर्ला कि नपर्ला?

फाइल तस्बिर


नेपालखबर
पुस २३, २०८० सोमबार ६:१८, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
 
यतिबेला देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। तर, आज वर्षाको सम्भावना भने कतैपनि देखिएको छैन। 
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने छ। देशका बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने छ भने भोलि (मंगलबार) गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा  आंशिक बदली रहने छ। 

मंगलबार गण्डकी र कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। तर, आज र भोलि वर्षा भने कतै हुने अवस्था छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .