ad ad

समाज


बालकुमारी घटना जाँचबुझ आयोगले माग्यो सल्लाह र सूचना

बालकुमारी घटना जाँचबुझ आयोगले माग्यो सल्लाह र सूचना

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८० मंगलबार १९:४१, काठमाडौँ

गत पुस १३ गते दुईजनाको ज्यान जाने गरी ललितपुरको बालकुमारी भएको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले आवश्यक सल्लाह र सूचना मागेको छ। 

ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा भएको प्रदर्शनको समयमा अछामको चौरपाटी गाउँपालिका-१ घर भई काठमाडौं बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका घर भई  भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको मृत्यु भएपछि सरकारले जाँचबुझ आयोग बनाएको थियो। 

एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी पुस १६ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा 'बालकुमारी घटना जाँचबुझ आयोग, २०८०' बनाइएको थियो।

'मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएअनुसार आयोगले पुस २० गतेदेखि कार्य प्रारम्भ गरिसकेको छ। आयोगको कार्यालय सिंहदरबारस्थित गृह मन्त्रालयको पुरानो भवनमा रहेको छ', मंगलबार एक सूचनामा भनिएको छ, 'आयोगलाई यस विषयमा कुनै सल्लाह, सुझाव तथा तथ्यपूर्ण सूचना र जानकारी उपलब्ध गराउन चाहेमा आयोगको इमेलमा पठाउन सकिने छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .