त्रिभुवन विश्वविद्यालयका गाडीहरूमा स्वतन्त्र विद्यार्थी युनियनले लोगो टाँस्ने अभियान चलाएको छ।
त्रिविका पदाधिकारी तथा शाखा प्रमुखहरूले लोगो नराखी चलाएका गाडीमा स्वतन्त्र विद्यार्थी युनियनले लोगो टाँस्ने अभियान चलाएको हो।
यसलाई लिएर त्रिविले पटक पटक आपत्ति जनाउँदै आएको थियो।
'सरकारी गाडीहरु निजी जस्तो चलाउनु ठिक होइन', त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले भने, 'स्टिकर भएपछि निजिी कामका लागि प्रयोग गर्न पाइँदैन। त्यसैले लोगो टाँस्नुपरेको कुरा हो।'
पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप, राजनीतिक भागबन्डा र सेवामा ढिलासुस्ती अन्त्य मागसहित स्वतन्त्र विद्यार्थी युनियन आन्दोलित छ।
स्ववियुले बितेका १५ दिनदेखि विभिन्न शैलीमा आन्दोलन चलाइरहेको छ।
675
Shares
प्रतिक्रिया