ad ad

समाज


सर्लाही अदालतमा बम्जनको बयान, थुनामा नपठाए अर्को मुद्दा चलाउन बारा लगिँदै

सर्लाही अदालतमा बम्जनको बयान, थुनामा नपठाए अर्को मुद्दा चलाउन बारा लगिँदै

सर्लाही अदालत परिसरमा रामबहादुर बम्जन। तस्बिर : रासस


नेपालखबर
पुस २६, २०८० बिहिबार १३:१३, काठमाडौँ

मंगलबार राति काठमाडौँबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेस गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई सडक मार्ग हुँदै गएराति २ बजे मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको थियो। 

अहिले जिल्ला अदालत सर्लाहीमा बम्जनको बयान लिइँदैछ। बयान सकिएपछि अदालतमा थुनछेकको बहस अघि बढ्नेछ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रवीण धितालले उनीविरुद्धको बलात्कारसम्बन्धी एउटा मुद्दा सर्लाही जिल्ला अदालतमा विचाराधीन रहेको बताए। त्यही मुद्दामा बम्जनविरुद्धको मुद्दामा पक्ष-विपक्षका वकिलहरुले बहस गर्दैछन्। ‘सम्भवत: निर्णय पनि आजै आउन सक्छ,’ उनले भने, ‘बहस लम्बियो भने निर्णय आउन एकदुई दिन लाग्ला।’

आफ्नो आश्रममा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दा बम्जनमाथि छ। बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। 

त्यसकै आधारमा सर्लाही अदालतमा बम्जनको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। थुनछेक आदेशका क्रममा जिल्ला अदालत सर्लाहीले थुनामा पठाउने आदेश दिएमा बम्जनलाई कारागार पठाइनेछ।

तर सर्लाही अदालतले उनलाई पुर्पक्षका क्रममा कारागार नपठाउने आदेश दिए बम्जनलाई अर्को मुद्दा अघि बढाउन उनको गृहजिल्ला बारा लगिँदैछ।

सर्लाही अदालतले बाहिरै रहेर पुर्पक्ष गर्न आदेश दिएमा उनलाई जिल्ला प्रहरी कार्यालय बारामा लग्ने तयारी भइसकेको छ।

बाराको रतनपुरी जंगलस्थित आश्रमबाट एकजना अनुयायीलाई बेपत्ता बनाएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।

प्रहरीले अनुयायी बेपत्ता पारेको भनेर परेको उक्त मुद्दामा अनुसन्धान अघि बढाउने तयारी गरेको छ। त्यसका लागि जिल्ला प्रहरी कार्यालय बाराले उपस्थित गराउन आग्रहसहित बिहीबार नै सर्लाही प्रहरीलाई पत्र लेख्दैछ। 

बम्जन सर्लाहीको लालबन्दी नगरपालिका १२ पत्थरकोट (चुरे क्षेत्र)मा आश्रम बनाएर केही वर्ष बसेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .