सुनसरीको बराहक्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ।
बिहीबार ज्यान गुमाउनेमा बराहक्षेत्र नगरपालिका-५ (साविक भरौल) का भीमबहादुर विष्ट रहेका छन्।
हात्तीको आक्रमणबाट विष्टको ज्यान गएपछि सजकता अपनाउन बराहक्षेत्र नगरपालिकाले आग्रह गरेको छ।
यसअघि पनि बराहक्षेत्र नगरपालिका-५ सिमरबन बस्ने धनबहादुर माझीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।
घाँस, दाउरा लिन र गाई, वस्तु चराउन जंगल क्षेत्रमा जाँदा सावधानी अपनाउन नगरले भनेको छ।
63
Shares
प्रतिक्रिया