बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले महाेत्तरीकाे जलेश्वर कारागारमै योग ध्यान सुरु गरेका छन्।
सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका बम्जनले कारागारभित्रै योग ध्यान सुरु गरेका हुन्।
उनले आफू सुत्ने कोठामै योग ध्यान गर्न थालेका जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले जानकारी दिए।
‘उनले साँझ बिहान आफू सुत्ने ओछ्यानमा योग ध्यान गर्न थालेका छन्,’ जेलर साहले नेपालखबरसँग भने, ‘उनी शान्त देखिन्छन्। अन्य कैदीबन्दीसँग घुलमिल हुँदै गएका छन्। अरु कैदीसँग पनि गफगाफ गरिरहेका हुन्छन्।’
अन्य कैदीबन्दीलाई पकाएको मेसको खाना खान अस्वीकार गरेका बम्जनलाई कारागारमा रहेका बाबा (जोगी)हरुसँगै साकाहारी खाना खाने व्यवस्था मिलाइएको छ।
‘उनले लसुन, प्याज र बेसार नहालेको खाना मागेपछि हामीले अन्य कैदीबन्दीलाई बनाएको खाना दिएका छैनौँ,’ जेलर साहले भने, ‘उनलाई बिहानको खाना आफन्तले नै ल्याइदिन्छन्, साँझको खाना जोगीहरुकै मेसमा खान्छन्।’ जलेश्वर कारागारमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ५/७ जना जोगी छन्।
बम्जनलाई पनि उनीहरुकै मेसमा साकाहारी खाना खाने व्यवस्था मिलाइएको हो।
‘म हिजो (शनिबार) रामबहादुर भएको ठाउँमा गएको थिएँ। तिमीलाई कस्तो छ भनेर सोध्दा मलाई ठिक छ, अब यतै ‘एडजस्ट’ हुन्छु। कोठामै योग ध्यान गर्छु। त्यसको आफ्नै टाइम टेबल छ। भन्ने कुरा गरे,’ जेलर साहले भने।
बम्जनलाई सुत्ने ओछ्यान छुट्टै दिए पनि छुट्टै कोठामा नराखिएको उनले बताए। अन्य कैदीबन्दीसँगै एउटै कोठामा उनलाई राखिएको साहले जानकारी दिए। जलेश्वर कारागारमा छ सय भन्दा धेरै कैदी बन्दीलाई राखिएको छ।
- ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ
- काठमाडौँमा रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँ बरामद
- बम्जनलाई प्रहरीले १८ दिनदेखि पछ्याएको थियो, आठ दिन घरभित्रै लुकेर बसे
- ‘तपस्वी’ बम्जनलाई पक्राउ गर्न प्रहरीले चलाएको त्यो अपरेसन (भिडिओ)
- जंगलभित्र बम्जनको छुट्टै राज, जहाँ प्रहरीलाई ‘राक्षस’ मानिन्छ (अप्रेसनः भिडियो)
- फरार अभियुक्त रामबहादुर बम्जनको घरमा प्रहरीले टाँस्यो अदालतको पत्र
- सुत्ने कोठामै पुग्दा पनि प्रहरी किन असफल भयो ‘‘तपस्वी’’ बम्जनलाई समात्न?
Shares
प्रतिक्रिया