ad ad

समाज


अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी, काठमाडौँबाट पक्राउ परे कन्सलटेन्सी सञ्चालक

अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी, काठमाडौँबाट पक्राउ परे कन्सलटेन्सी सञ्चालक

नेपालखबर
माघ १६, २०८० मंगलबार ११:३४, काठमाडौँ

अजरबैजान पठाइदिन्छु भन्दै सेवाग्राहीलाई ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकजना कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।

बाराको कोल्वी नगरपालिका-४ का ३३ वर्षीय रामशरण शिवाकोटी पक्राउ परेका हुन्। उनी मिराकल कन्सल्टेन्सी सञ्चालक हुन्।

उनले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै तीन जनाबाट ३३ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

शिवाकोटीले युनिसा आलेमगर, राजन प्रसाईँसहित तीन जनाबाट ३३ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ। 

मगरबाट १६ लाख ५० हजार र प्रसाइँबाट १६ लाख ५२  हजार रुपैयाँ असुल गरेपछि उनी सम्पर्कविहीन भएका उजुरी परेको छ।

पक्राउपछि शिवाकोटीलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .