ad ad

समाज


सुपरमार्केटभित्र जुवाखाल, पौने २ लाखसहित ११ जना पक्राउ

सुपरमार्केटभित्र जुवाखाल, पौने २ लाखसहित ११ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८० बुधबार १२:५५, काठमाडौँ

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ त्रिवेणी चोकस्थित एक सुपरमार्केटभित्र जुवाखाल जमाइरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।

मंगलबार राति पौने ९ बजेको समयमा त्रिवेणी चोकस्थित उक्त सुपरमार्केटभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको हो। 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार प्रहरी चौकी नाला र इलाका प्रहरी कार्यालय बनेपाको टोलीले जुवाखालबाट ११ जनालाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरी टोलीले १ लाख ८४ हजार ६४० रुपैयाँ र तीन बुक तास पनि बरामद गरेकव छ। उनीहरू सबैलाई अहिले इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .