ad ad

समाज


सुर्खेतमा नमुना संयुक्त राष्ट्र संघ सम्मेलन सम्पन्न

सुर्खेतमा नमुना संयुक्त राष्ट्र संघ सम्मेलन सम्पन्न

नेपालखबर
माघ १९, २०८० शुक्रबार १०:४, काठमाडौँ

सुर्खेतमा तीन दिनदेखि सञ्चालित कर्णाली नमुना संयुक्त राष्ट्र संघ कार्यक्रम आइतबार सम्पन्न भएको छ।

वैचारिक युवा समाज तथा अमेरिकी राजदूतावासको सहकार्यमा सुर्खेतस्थित एसओएस हर्मन माइनर विद्यालयमा अन्तर्राष्ट्रिय रूपमा देशहरूले भोगिरहेका चुनौती र समाधानबारे छलफल गरिएको हो। 

पहिलो समिति संयुक्त राष्ट्र संघ मानवाधिकार आयोगले लैङ्गिक झुकाव र लैङ्गिक पहिचानमा आधारित भेदभावको सामना गर्ने तथा दोस्रो समिति संयुक्त राष्ट्र संघ आर्थिक तथा वित्तीय समितिले आर्थिक स्थायित्वमा प्राकृतिक स्रोत र फसलको पुँजीकरणबारे विविध आयामबारे अर्थपूर्ण छलफल गरिएको कार्यक्रम संयोजक वैचारिक युवा समाजले जानकारी दिए।

कार्यक्रममा सबै युवालाई विभिन्न देशका प्रतिनिधि बनाइएको थियो। 

कूल ५३ जना सहभागी रहेको छलफल कर्णाली प्रदेशको सामाजिक र विधायिकी अवस्थाका विषयमा केन्द्रित थियो। 

छलफलमा रहेका विषय कर्णाली प्रदेशको सामाजिक संरचनाका आधारमा तयार पारिएको थियो। 

यस सम्मेलनबाट उत्कृष्ट प्रतिनिधि छनोट गरेर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन (एभरेस्ट अन्तर्राष्ट्रिय नमुना सयुंक्त राष्ट्र संघ सम्मेलन) मा सहभागी गराइनेछ।

यस अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारीका लागि वैचारिक युवा समाजको आधिकारिक सञ्चारमाध्यमबाट जानकारी प्राप्त गर्न सकिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .