ad ad

समाज


लेबनानमा गोली लागेर नेपाली शान्ति सैनिक सुवास थापाको मृत्यु

लेबनानमा गोली लागेर नेपाली शान्ति सैनिक सुवास थापाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०८० शनिबार ६:४०, काठमाडौँ

लेबनानमा कार्यरत एकजना नेपाली शान्ति सैनिकको गोली लागेर मृत्यु भएको छ। 

नेपाली सेनाको जन सम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोट जारी गर्दै आफैँले बोकेको गोली लागेर शान्ति सैनिक सुवास थापाको मृत्यु भएको जानकारी दिएको हो।

दोलखा घर भएका थापा पुरानो गोरख गण (शान्ति सेना) ६४ औँ डफ्फामा कार्यरत थिए। 

यही माघ १८ गते बंकरमा ड्युटीमा रहेका बेला आफैँले बोकेको हतियारबाट गोली लागेर घाइते भएको अवस्थामा उनी फेला परेका बताइएको छ। उनको उपचारको क्रममा मृत्यु भएको सेनाले जनाएको छ। 

‘हाल उक्त मिसन तैनाथ लेवनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको हुँदा युद्धको मनोवैज्ञानिक असरको कारण यो घटना भएको हो वा अन्य कुनै कारणबाट उक्त घटना भएको हो भन्ने बारे बुझ्नै कार्य भइरहेको छ,’ सेनाले जारी गरेको प्रेस नोटमा भनिएको छ।

थपाको शव नेपाल ल्याउन आवश्यक पहल भइरहेको सेनाले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .