नेपालको गण्डकी र बागमती प्रदेशका केही जिल्लाहरूमा अफ्रिकन स्वाइन फिभर रोगको सङ्क्रमण भेटिएको छ।
पशु सेवा विभागले यसको पुष्टि गरेको नेपाल पशु चिकित्सा परिषद्ले जनाएको हो।
मुलुकभित्र रोग फैलिनसक्ने सम्भावनालाई न्यूनीकरण गर्न परिषद्ले दर्तावाल पशु चिकित्सकहरूले पशु तथा पशुजन्य पदार्थहरूको जाँच गरी भेटेरिनरी प्रमाणपत्र जारी गर्नुपर्ने कानुनी प्रावधान रहे पनि अफ्रिकन स्वाइन फिभर रोग द्रुत गतिमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुन्जेलसम्म सङ्क्रमण देखिएका ठाउँहरूबाट बङ्गुर तथा बहुरजन्य पदार्थहरूको ओसारपसारको लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न अनुरोध गरेको छ।
उक्त रोग नियन्त्रणका लागि सरकारी, निजी तथा गैरसरकारी निकायमा कार्यरत सम्पूर्ण दर्तावाल पशु चिकित्सकहरूले तीनै तहका सरकारहरूसँग समन्वय र सहकार्य गरी सहयोग गर्न पनि परिषद्ले आग्रह गरेको छ।
Shares
प्रतिक्रिया