पतञ्जलि आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले 'झुटो' र 'भ्रामक' विज्ञापनलाई लिए दर्ता भएको एक मुद्दामा भारतको सर्वोच्च अदालतसँग माफी मागेका छन्।
भारतीय सर्वोच्च अदालतमा बुधवार दर्ता भएको एक निवेदनमा उनले यस्तो गल्ती फेरि कहिल्यै नगर्ने विश्वास दिलाएका छन्।
यसअघि मंगलबार न्यायाधीश हिमा कोहली र अहसानुद्दिन अमानुल्लाको दुई सदस्यीय इजलासले पतञ्जलि आयुर्वेदका संस्थापक स्वामी रामदेव र आचार्य बालकृष्णलाई यसअघि पठाइएको अवहेलनासम्बन्धी सूचनाको जवाफ नदिएकोमा अप्रिलमा अदालतमा उपस्थित हुन आदेश दिएको थियो।
अदालतले पतञ्जलि आयुर्वेदबाट यसअघि पठाइएको अवहेलनासम्बन्धी सूचनाको जवाफ नदिएको कारण सोधेको थियो।
यो मामिला पतञ्जलि आयुर्वेदको औषधिलाई लिएर प्रसारित भइरहेको विज्ञापनमा 'भ्रामक' दाबीसँग जोडिएको थियो।
अवहेलनासम्बन्धी सूचना पठाउनुको कारण पतञ्जलिका वकीलले गत नोभेम्बरमा अदालतलाई आफ्नो विज्ञापनमा 'भ्रामक' दाबी हटाउने भनेका थिए। तर त्यसका बावजुद पतञ्जलिले उक्त दाबी गरिरहेको थियो।
मंगलबार अदालतलाई अवहेलनासम्बन्धी सूचनाको जवाफ नआएको जानकारी दिइएको थियो। त्यसपछि अदालतले बाबा रामदेवलाई अवहेलनासम्बन्धी सूचना जारी गर्दै अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो।
Shares
प्रतिक्रिया