सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शनिबार नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयको २०औँ वार्षिकोत्सका अवसरमा तीन जना अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन प्रदान गरेका छन्।
सो पुरस्कार पाउनेमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) द्वय ध्रुवबहादुर कार्की र उद्धव रावल तथा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रजनी थापा छन्।
सशस्त्र प्रहरीका अनुसार एसपी कार्की सशस्त्र प्रहरी बलका उच्च व्यावसायिक, क्षमतावान् र अनुशासित अधिकृत मानिन्छन्।
उनी कपिलवस्तुमा रहँदा आफ्नो गणलाइ देशैकै उत्कृष्ट बनाउन सफल भएका थिए।
यसैगरी एसपी रावल फिल्डमा उत्कृष्ट मानिन्छन् भने नम्बर २० बाघभैरव गुल्मकी गुल्मपति थापा शालीन स्वभावकी अधिकृत हुन्।
51
Shares
प्रतिक्रिया