ad ad

समाज


यात्रुसँग बढी भाडा लिने ६२ ट्याक्सी चालक कारबाहीमा

यात्रुसँग बढी भाडा लिने ६२ ट्याक्सी चालक कारबाहीमा

नेपालखबर
फागुन ४, २०७६ आइतबार १४:३०,

ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ६२ जना ट्याक्सी चालकहरु कारबाही गरेको छ।

ट्राफिक प्रहरी महाशाखाले दैनिक गर्दै आएको अनुगमनका क्रममा आइतबार सो कारबाही गरेको हो ।

यसैबीच ट्राफिक प्रहरीको सकृयतामा हराएको मोबाईल फोन फेला पारी पीडितलाई हस्तान्तरण गरिएको छ ।शनिबार सामाखुशीदेखि पुल्चोकसम्म जाँदा सेवक तामाङको बा१ज ८०२ नम्बरको ट्याक्सीमा छुटेको मोबाइल खोजतलास शाखाले खोजतला गरी आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

यता, ट्राफिक प्रहरीले महानगरपालिका र भृकुटीमण्डपमा सचेतनामूलक कार्यक्रम गरेको छ। आइतबार महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञावाली, हरि कुवँर र ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारको उपस्थितिमा सांगितिक टोली सहित कर्मचारीहरु तथा सर्वसाधारणहरुलाई सचेतनामूलक कार्यक्रम गरिएको हो।

यस्तै, भृकुटीमण्डपमा सञ्चालित क्यान ईन्फोटेक प्रदर्शनीमा भ्रमण गर्ने सर्वसाधारणहरुलाई समेत सचेतनामूलक कार्यक्रम गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .