अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा र तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
थोपा सिँचाइ आयोजना निर्माणमा उपभोक्ता समितिमार्फत अनियमितता गरेको आरोपमा कालिकोटको पलाँता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुस्मा र उपाध्यक्ष न्यौपानेसहित ८ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
मुलखोला थोपा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकायलाई पनि अख्तियारले मुद्दा चलाएको हो।
प्रतिवादीहरूले सिँचाइ आयोजना उपभोक्ता समिति र गाउँपालिकाबीच भएको सम्झौताअनुसार काम नगरेको, गलत प्रतिवेदन बनाएको र वास्तविक लागतभन्दा बढी उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारको दाबी छ।
अख्तियारले सबै प्रतिवादीलाई १३ लाख ७४ हजार बिगो कायम गरी त्यही रकम बराबरको जरिवाना र सजायको मागदाबी गरेको छ।
Shares
प्रतिक्रिया