अमेरिकाको टेक्सास राज्यको डल्लास नजिकै आइतबार बिहान एक विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ।
डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । स्थानीय समयअनुसार आइतबार बिहान ९ः१० मा भएको दुर्घटनामा विमानमा सवार रहेका सबै व्यक्तिको मृत्यु भएको बताइएको छ।
अधिकारीहरुले मारिएका व्यक्तिहरुको परिचयलगायत विस्तृत विवरण भने दिएको छैनन् ।
प्रतिक्रिया