अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।
गएराति हावाहुरीसँगै परेको चट्याङले लाग्दा रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ।
घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको हो।
चट्याङ लाग्दा रामारोशन ७ कै नयाँ राम भण्डारीको एक भैँसी पनि मरेको छ।
15
Shares
प्रतिक्रिया