अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले योग शिविर सञ्चालन गरेको छ।
योग प्रशिक्षण शिविरमा बोल्दै मानव धर्म सेवा समिति केन्द्रका प्रमुख महात्मा चमेली वाईजीले ऋषिमुनीले योगलाई विशेष प्राथमिकता दिएको बताइन्।
उनले दैनिक योगको अभ्यास गर्नुपर्नेमा जोड दिइन्।
‘भौतिक तथा अध्यात्मिक जीवन अनुशासित बनाउन योगको आवश्यकता छ,’ उनले भनिन्, ‘योगका विभिन्न आसनले मन एकाग्र पार्न पनि विशेष सहयोग पुर्याउछ।’
योग प्रशिक्षक पुष्करराज पन्तले प्रशिक्षण दिएको योग प्रशिक्षणमा दुईसयको हाराहारीमा सहभागी थिए।
आज नेपाल मानव धर्म समितिका देशभरीका करिब १३५ आश्रम तथा विदेशमा रहेका आश्रमहरुमा समेत योग शिविर सञ्चालन भएका छन्।
3
Shares
प्रतिक्रिया