ad ad

समाज


बमजनको कसुर बलात्कारसरह, १२ देखि १४ वर्ष कैद हुने

बमजनको कसुर बलात्कारसरह, १२ देखि १४ वर्ष कैद हुने

नेपालखबर
असार १०, २०८१ सोमबार १९:४९, काठमाडौँ

बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भएका रामबहादुर बमजनलाई १२ देखि १४ वर्ष कैद सजाय हुने भएको छ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई सोमबार दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गते पेसी तोकेको छ।

जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीका अनुसार बमजनले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) 'छ' अनुसारको कसुर गरेको ठहर भएको छ।

दफा ६६ मा बालबालिकाविरूद्वका कसुरहरू उल्लेख गरिएको छ। उक्त दफाअन्तर्गत उपदफा (३) मा बाल यौन दुर्व्यवहार गरेको मानिने अवस्था किटान गरिएको छ।

र, उपदफा (३) 'छ' मा यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने कार्यलाई बाल यौन दुर्व्यवहार मानिएको छ।

यस कसुरमा जबरजस्ती करणीसहर सजाय हुन्छ।

अधिकारीका अनुसार, बमजनलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुन सक्नेछ। मुलुकी अपराध संहिता, २०७४ मा १४ देखि १६ वर्षभन्दा कम उमेरकी बालिकामाथि जबरजस्ती करणी भए १२ देखि १४ वर्ष कैद सजाय हुने व्यवस्था छ। 

नेपालमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालबालिका मानिएको छ। यस उमेरसमूहका व्यक्तिको मञ्जुरी लिएर पनि यौनजन्य व्यवहार वा विवाह गर्न कानुनले वर्जित गरेको छ।

यस मुद्दामा बहस गरेका जिल्ला न्यायाधिवक्ता कैलाश दाहालका अनुसार, २०७३ साउन २० गते अन्तिमपल्ट ती बालिकामाथि अपराध भएको थियो। त्यसबखत पीडितको उमेर १५ वर्ष १ महिना थियो।

यस्तो अपराधमा पीडित १८ वर्ष पुगेपछिको एक वर्षसम्म उजुर गर्न पाउँछन्। ती पीडित किशोरीले २०७६ माघमा प्रहरीमा जाहेरी दिएकी थिइन्।

न्यायाधिवक्ता दाहालका भनाइमा, बालबालिकासम्बन्धी ऐन, २०४८ कै व्यवस्था पछिल्ला कानुनमा पनि निरन्तर रहेकाले यस मुद्दामा हकदैया र हदम्यादसम्बन्धी कुनै विवाद थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .