काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ कोसीपारी स्थित दोलालघाटबाट सुनकोसी नदीमा हामफालेका व्यक्तिको पहिचान खुलेको छ।
प्रहरीका अनुसार नदीमा हामफल्ने व्यक्ति सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ खाँडिचौर घर भई हाल काठमाडौंको कपन डेरा गरी बस्ने अन्दाजी वर्ष ५० को गोविन्द तामाङ हुन्।
सीसीटीभी फुटेजका आधारमा असार १२ गते मृतकका छोरा विजय तामाङले बुवाको पहिचान गरेका थिए।
यही असार ५ गते अन्दाजी पौने ३ बजेको समयमा उनी सुनकोसी नदीको पक्की पुलबाट हामफालेर बेपत्ता भएका थिए।
तत्कालीन अवस्थामा नामथर वतन नखुलेका उनको शव असार १० गते सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट तल्लोबजार स्थित सुनकोशी नदी किनारमा मृत अवस्थामा फेला परेको थियो।
45.9k
Shares
प्रतिक्रिया