मोरङको केराबारी गाउँपालिका ४ स्थित गोगुने खोलामा आएको बाढीले ५ जनालाई बगाउँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार विद्यालय जाँदै गरेका बालबालिकालाई बाढीले बगाएको थियो।
ती मध्ये चारजनाको उद्धार गरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
केराबारी–४ का चित्र बहादुर राईको ११ वर्षीय छोरा श्याम राई साथीहरूसँग स्कुल जाने क्रममा गोगुने खोलामा आएको बाढीले बगाई बेपत्ता थिए।
आफन्तले खोज तलासको क्रममा खोलाको किनारमा उनको शव फेला पारेका हुन्।
उनीसँगै विद्यालय जाँदै गरेका १४ वर्षीय भरत राई, १३ वर्षीय अनुप राना, १२ वर्षीय प्रबिन राई र १२ वर्षीय अर्पन लिम्बुलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीय र प्रहरीले सकुशल उद्धार गरेका छन्।
उनीहरूलाई आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।
108
Shares
प्रतिक्रिया