राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ।
आज (बिहीबार) बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन्।
ननग्रेड हुने छात्रको संख्या १ लाख १४ हजार ४८ छ भने छात्राको संख्या १ लाख २८ हजार २ सय ५७ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अनुसार सबै विषयमा जीपीए १.६ अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेड भएको हो। याे भनेकाे अनुत्तीर्ण हाे।
सार्वजनिक नतिजाअनुसार ३.६० देखि ४ जीपीएसम्म (सबैभन्दा राम्रो नतिजा) ल्याउने विद्यार्थी ३१ हजार २०९ जना छन्। त्यसमा छात्रको संख्या १६ हजार ९ सय १० छ भने र छात्राको संख्या १८ हजार २९८ छ।
जीपीए ३.२० देखि ३.६० सम्म ल्याउनेको विद्यार्थीको संख्या ६८ हजार २५६ छ। जसमा छात्रको संख्या ३६ हजार ९०३ र छात्राको संख्या ३१ हजार ३५२ छ।
जीपीए २.८० देखि ३.२० सम्म ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८७६ छ। जसमा छात्रको संख्या ४२ हजार १३५ छ भने छात्राको संख्या ३६ हजार ७३८ छ।
जीपीए २.४० देखि २.८० सम्म ल्याउने विद्यार्थी ४१ हजार १७७ छन्। जसमा छात्रको संख्या २१ हजार ६८९ छ भने छात्राको संख्या १९ हजार ४८७ छ।
जीपीए २ देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या २ हजार ९५० छ। जसमा छात्रको १ हजार ५७९ र छात्राको संख्या १ हजार ३७१ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
जीपीए १.६ देखि २ सम्म ६ ल्याउने विद्यार्थी ६ जना मात्रै छन्। ती सबै छात्र हुन्। यो ग्रेड ल्याउने छात्रा छैनन्।
गएको चैत अन्तिम सातासम्म सञ्चालन भएको २०८० सालको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। जसमा छात्रको संख्या २ लाख ३३ हजार २७० थियो भने छात्राको संख्या २ लाख ३१ हजार ५०३ थियो।
Shares
प्रतिक्रिया