रोल्पामा सोमबार साँझ भएको जिप दुर्घटनामा नाबालिका छोरीसहित आमा र एकै घरका दाजुभाइको पनि मृत्यु भएको छ।
दुर्घटनामा ज्यान गुमाउने रोल्पाको माडी गाउँपालिका ३ का ७७ वर्षीय खड्ग डाँगी र करिब ५० वर्षीय चुपलाल डाँगी सहोदर दाजुभाइ रहेका माडी- ३ का वडाध्यक्ष बलबहादुर बुढाले जानकारी दिए।
त्यसैगरी सोही ठाउँकी करिब ३० वर्षीया अमृता घर्तीले पनि आफ्नी १८ महिने छोरीसहित दुर्घटनामा ज्यान गुमाएकी वडाध्यक्ष बुढाले बताए।
‘दुर्घटनामा एकै वडाका ६ जनाको मृत्यु भएको छ,’ वडाध्यक्ष बुढाले नेपालखबरसँग भने, ‘घाइते हुने आठ जना सबै यही गाउँका हुन्।’
567
Shares
प्रतिक्रिया