पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रले प्रतिलिपि नागरिकताको प्रमाणपत्रका लागि आवेदन दिएका छन्।
उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा वंशजको नागरिकता लिएकोमा सक्कल झुत्रो भएकाले प्रतिलिपि पाऊँ भनी निवेदन दिएका हुन्।
उनको आवेदनअनुसार काठमाडौं महानगरपालिका वडा नं ३ ले सिफारिस गरेको छ।
२०५९ साल साउन १४ गते जन्मेका हृदयेन्द्रले पूरा नाम हृदयेन्द्र वीर विक्रम शाह लेखेका छन्।
बुवाको नाम पारस वीर विक्रम शाह र आमाको नाम हिमानी राज्यलक्ष्मी देवी शाह उल्लेख गरेका छन्।
1.8k
Shares
प्रतिक्रिया