काठमाडौं महानगरपालिका–१६ बालाजुचोकमा एटीएम फुटाउने क्रममा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भई हाल काठमाडौं– १४ कलंकी बस्ने वर्ष १८ को राधेश्याम बैठा रहेका छन्।
बैठालाई प्रहरीले एटीएम फुटाउन प्रयोग गरेको फलामको रडसहित पक्राउ गरेको हो।
आज (साउन १३ गते) अन्दाजी २ः४४ बजेको समयमा बालाजु चोकस्थित माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गर्दा उनी समातिएका हुन्।
खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्रहरी टोली पुगेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
बैठालाई फलामको रडसहित नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भई रहेको छ।
270
Shares
प्रतिक्रिया