ad ad

समाज


टीआरसी : बिहीबार फेरि बस्नेगरी सकियो संयन्त्रको बैठक

टीआरसी : बिहीबार फेरि बस्नेगरी सकियो संयन्त्रको बैठक

नेपालखबर
साउन १४, २०८१ सोमबार ११:२, काठमाडौँ

आगामी बिहीबार फेरि बस्नेगरी संक्रमणकालीन न्याय सम्बन्धित संयन्त्रको बैठक सकिएको छ। 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित कार्यदलको बैठक सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको थियो। 

आजको बैठकमा संयन्त्रका सदस्य नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी थिए। 
 

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्याधिवक्ता रमेश बडाल लगायतको पनि उपस्थिति थियो।

बैठकपछि एमाले मुख्य सचेतक बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरि आजको बैठक सकिएको जानकारी दिए। 

‘मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ। त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरुलाई पनि एकीकृत गर्ने कुरा भएको छ। सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै फेरि बैठक बस्छौँ,’ उनले भने।

अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि आगामी दिनमा थप छलफल केन्द्रित गर्ने उनले बताए। 

‘अब हामी टीआरसी विधेयक करिब करिब अब टुंग्याउने चरणमा हामी पुग्यौँ। हामीले बैठक टुंग्याएका छैनौँ। अब दुई दिन अहिलेसम्मको सबै छलफलहरुलाई नियालेर प्रतिवेदन ल्याउँछौँ,’ बर्तौलाले भने, ‘पहिलाको मुल ऐन, संशोधन विधेयक, संसदीय समितिको उपसमितिहरुमा वा समितिमा भएका छलफल र हाम्रो संयन्त्रमा छलफल भइ डेभलप भएका विषयहरु र सहमतिको वरपर पुगेका विषयहरुलाई पनि कम्पाइल गरेर एकीकृत ढगले ल्याउने कुरा भएको छ।’

यसअघि गएको शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो। संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि प्रमुख दलहरुबीच अझै सहमति जुटेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .