ad ad

समाज


गोरखा पहिरोमा बेपत्ता ४ जनाको शव भेटियो, अझै एक जना बेपत्ता

गोरखा पहिरोमा बेपत्ता ४ जनाको शव भेटियो, अझै एक जना बेपत्ता

नेपालखबर
साउन १४, २०८१ सोमबार १६:११, काठमाडौँ

गोरखाको धार्चे गाउँपालिका–५ स्थित रेसेफाँटमा लेदोसहितको पहिरोमा परेर बेपत्ता भएका चार जनाको शव फेला परेको छ। 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोलीले खोजी गर्ने क्रममा बेपत्ता भएकामध्ये ४ जनाको शव फेला परेको हो। 

उक्त पहिरोमा परी ५ जना बेपत्ता भएका थिए। अर्का एक जनाको शव खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।  

पहिरोमा परेर बेपत्ता भएकामध्ये धार्चे गाउँपालिका–५ रेसेका ३७ वर्षीय जितबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, बुवा ६० वर्षीय सुकलाल कान्छा गुरुङ र सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङ शव फेला परेको हो।

हाइड्रो पावरकै ट्याक्टर चालक २४ वर्षीय रमेश परियार बेपत्ता छन्। उनको शव फेला परेको छैन।

पहिरोमा परेर घाइते भएका दुई जनालाई भने हिजै उपचारको लागि हेलीकप्टरमार्फत् काठमाडौँ ल्याइएको छ।

बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो। 

पहिरोमा परेर गम्भीर घाइते भएका धार्चे गाउँपालिका–५ का ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङको काठमाडौँमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .