ad ad

समाज


सिमलताल दुर्घटनाका यात्रु र बस खोज्न चीनसँग पनि सहयोग माग्छौँ : गृहसचिव

सिमलताल दुर्घटनाका यात्रु र बस खोज्न चीनसँग पनि सहयोग माग्छौँ : गृहसचिव

नेपालखबर
साउन १६, २०८१ बुधबार १३:३६, काठमाडौँ

सरकारले सिमलताल पहिरोका कारणा त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ।

गृहसचिव एकनारायण अर्यालले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यो जानकारी दिएका हुन्।

उनले बुधबार संसदीय समितिमा भने, ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं।’

मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा गत असार २८ गते पहिरोमा परी दुईवटा बस त्रिशूलीमा बेपत्ता भएका थिए। ती बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाँच्न सफल भएका थिए। हालसम्म २४ वटा शव फेला परेका छन्। अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन।

यात्र र बस खोज्न भारतीय उद्धार टोली परिचालन गर्दा पनि प्रयास निष्फल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .