ad ad

समाज


२१ वर्षीया युवती गर्भवती भएपछि ८६ र ६३ वर्षीय वृद्धसहित ३ जना पक्राउ

२१ वर्षीया युवती गर्भवती भएपछि ८६ र ६३ वर्षीय वृद्धसहित ३ जना पक्राउ

नेपालखबर
साउन १८, २०८१ शुक्रबार ९:६, काठमाडौँ

ओखलढुंगामा एक अविवाहित युवती गर्भवती भएपछि प्रहरीले गाउँका तीनजना वृद्धलाई पक्राउ गरेको छ। 

मानेभन्ज्याङ गाउँपालिका–९ का ८६ वर्षीय कपिलमणि गौतम, ६३ वर्षीय नन्दलाल गौतम र ५० वर्षीय केशरप्रसाद बास्तोलालाई जबर्जस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। 

हाल उनीहरुलाई प्रहरी हिरासतमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। 

‘गर्भवती भएकी युवती २१ वर्षकी छिन्। उनी अविवाहित हुन्,’ कार्कीले नेपालखबरसँग भने, ‘उनको स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाइएको छ। उनले आफ्नो पेटमा तीन महिनाको गर्भ रहेको जानकारी दिएकी छन्।’

युवतीले ८६ वर्षीय वृद्धसहित तीन जनाले आफूलाई पालैपालो करणी गर्दा गर्भ बसेको बयान प्रहरीलाई दिएकी इन्सपेक्टर कार्कीले बताए। 

युवती गर्भवती भएको हल्ला चलेपछि ५० वर्षीय केशरप्रसाद बास्तोलाले आत्महत्याको प्रयाससमेत गरेको पाइएको प्रहरीले जनाएको छ। 

यही साउन ७ गते राति बास्तोलाले आत्महत्याको प्रयास गरेपछि तीनजना मिलेर युवतीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो।  

उनीहरुले आफ्नो अपराधलाई ढाकछोप गर्न युवतीलाई गर्भपतन गराउन साउन ६ गते काठमाडौँसमेत पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। इन्सपेक्टर कार्कीले युवतीको सम्पूर्ण स्वास्थ्य अवस्था खुलाउन माग गरेर अस्पताललाई पत्र पठाइएको जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .