ad ad

समाज


चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

नेपालखबर
साउन २४, २०८१ बिहिबार १९:३२, काठमाडौँ

काठमाडौँको तीनचुली बौद्धबाट मोटरसाइकल चोरीमा संलग्न एकजनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

जोरपाटी बस्ने ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ४ डाँडाजेरुका २२ वर्षीय आकाश राईलाई बागमती प्रदेश-०२-०३० प ८२ ७३ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौंको धुम्बाराही स्थित जोरकुवाबाट बागमती प्रदेश ०२-०२९ प ९०२१ नम्बरको मोटरसाइकल हराएको भनी कपन बस्ने सिन्धुपाल्चोकका अनिल दङ्गालले खोजतलासका लागि २०७९ सालको साउन १९ गते निवेदनका दिएका थिए।

सोही आधारमा खोजतलास गर्ने क्रममा राईलाई उक्त मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा आएका राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले अनुरोध गरेका छन्।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .