चीनले अमेरिकी वाल स्ट्रिट जर्नलका तीन पत्रकारालई देश निकाला गरेपछि अमेरिकाले चीनको सरकारद्वारा संचालित चाइना रेडियो इन्टरनेसनल, चाइना डेली, सीजीटीएन, सिन्ह्वा र पिपुल्स डेलीलाई विदेशी अभियान संचालन गर्ने संस्था घोषणा गरेको थियो।
अमेरिकाले उक्त संस्थाहरुले आफ्ना गतिविधि संचालन गर्न अब संचारमाध्यमको हैसियतले नभएर राजदूतावासलेजस्तै नियम पालना गर्नुपर्ने बताएको थियो।
यतिबेला भने अमेरिकी राज्य विभागले यी पाँचै संचारमाध्यमको कर्मचारी भारी रुपमा कटौती गर्ने योजना बनाएको छ।
अमेरिकी राज्य विभागका अनुसार हाल अमेरिकामा बसेर चिनियाँ संचारमाध्यमका लागि १६० चिनियाँ नागरिकले काम गर्दै आएका छन्। अब त्यो संख्या १०० मा झारिनेछ।
अधिकारीहरुका अनुसार अब चाइना रेडियोले अमेरिकामा मात्र २ जना कर्मचारी राख्न पाउनेछ, सीजीटीएनले ३०, सिन्ह्वाले ५९, चाइना डेलीले ९ जनामात्र कर्मचारी राख्न पाउनेछ।
चिनियाँ नागरिक जो अमेरिकी संचारमाध्यमसँग आवद्ध छन्, उनीहरुमा भने यो नियम लागू हुने छैन। सीएनएन
प्रतिक्रिया