ad ad

समाज


कोरोनाको त्रासपछि इरानले ५४ हजार कैदीलाई रिहा गर्‍यो

कोरोनाको त्रासपछि इरानले ५४ हजार कैदीलाई रिहा गर्‍यो

नेपालखबर
फागुन २१, २०७६ बुधबार ६:४१,

तर उनीहरुलाई अस्थायी रुपमा मात्र रिहा गरेको इरान सरकारले बताएको छ।

भीड र समूहमा कोरोनाको संक्रमण चाँडै फैलने भएपछि कोरोनाभाइरसको संक्रमण रोक्नका लागि इरानले कैदीलाई अस्थायी रुपमा रिहा गरेको इरानका न्यायपालिकाका प्रवक्ता घोलमहुैन इस्माइलीले बताएका छन्।

जमानतमा उनीहरुलाई छाडिएको छ। पछि फेरि उनीहरुले अदालतले तोकेको आदेशअनुसार सजाय भोग्नुपर्नेछ।

इरान कोरोनाभाइरसबाट ग्रस्त मूलुकमध्ये एक प्रमुख राष्ट्र हो। त्यहाँ चीनपछि धेरै मानिस संक्रमणपछि मरेका छन्।

इरानमा हालसम्म २३ सय जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ ७७ जनाको मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .