म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २–१ को जित दर्ता गरेको हो।
दोस्रो हाफमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो। पहिलो हाफको इन्ज्युरी समयमा डिएगो जोटाको पासमा इब्राहिम कोनाटेले गोल गरेपछि लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो।
खेलको ५६ औँ मिनेटमा रायन ऐट नोउरीको गोलमा घरेलु टोली खेलमा फर्किएको थियो।
तर त्यसको ५ मिनेटमा नै पेनाल्टीमा गोल गर्दै लिभरपुलले पुनः अग्रता बनाएको थियो। खेलको ६१ औँ मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुलले खेलमा पुनः अग्रता लिएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा लिभरपुलले जित दर्ता गरेको हो।
लिगमा पाचौँ जित दर्ता गरेको लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। लिभरपुलले ६ खेलमा ५ खेलमा जित र १ खेलमा हार भोग्दै १५ अंक बनाएको छ।
समान खेलबाट समान १४ अंक भएका म्यानचेष्टर सिटी दोस्रो र आसर्नल तेस्रो स्थानमा छन्। १३ अंक भएको चेल्सी चौथो स्थानमा छ।
Shares
प्रतिक्रिया