ad ad

समाज


कोरोना संक्रमण देखिए पकेट एरिया लक डाउन गरिने

कोरोना संक्रमण देखिए पकेट एरिया लक डाउन गरिने

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ११:३७,

देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिए सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेकका सेवा तथा पकेट एरिया लक डाउने गर्ने योजना सरकारले बनाएको बताए।

‘अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डाउने गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्ने गरी सहकार्य भइरहेको छ।’

कोरोना संक्रमण विकसित भएअनुसारको व्यवस्थापन गर्ने गरी सरकारले तयारी गरेको पनि उनले बताए।

उनका अनुसार देशका विभिन्न ४३ वटा सीमा नाकामा स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको छ। स्थानीय तहले पनि स्वास्थ्यकर्मी परिचालन गरेका छन्।

नेपालमा अहिलेसम्म साढे ४ सयको परीक्षण गरिएकोमा एकजनामा बाहेक कसैमा संक्रमण नदेखिएको देवकोटाले बताए।

संक्रमित देशबाट आउनेहरुले कोरोना फ्री सर्टिफिकेट अनिवार्य ल्याउनुपर्ने, नेपालीहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए। उनले टेकु अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको पनि जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .