ad ad

समाज


७२ घण्टामा तयार अस्पतालमा सेवा शुभारम्भ, आईसीयू भोलिदेखि

७२ घण्टामा तयार अस्पतालमा सेवा शुभारम्भ, आईसीयू भोलिदेखि

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ९:३६,

कोरोना संक्रमितलाई लक्षित गर्दै चितवनको भरतपुरमा तयार गरिएको अस्थायी अस्पताल उद्घाटन गरिएको छ।

७२ घण्टामा तयार गरिएको अस्पतालमा सामान्य सेवा शुक्रबारबाटै सुरु भएको छ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र भरतपुर महानगरपालिकी मेयर रेणु दाहालले संयुक्त रुपमा अस्पतालको शुभारम्भ गरेका हुन्। '

‘पचास बेडको जनरल वार्ड आजदेखि सञ्चालनमा आएको छ। कर्मचारीको व्यवस्था भइसकेको छ। आवश्यक उपकरण सबै जोडिएको छ, भोलि शनिबारदेखि अत्याधुनिक सेवा र आईसीयू पनि सञ्चालनमा आउनेछ’, मेयर दाहालले नेपालखबरसँग भनिन्।

भरतपुर १० मा रहेको प्रदर्शनी केन्द्रमा मंगलबारदेखि अस्थायी अस्पताल निर्माण सुरु गरिएको थियो। अस्पतालमा कुनै बिरामी नभएपनि कर्मचारी तयारी अवस्थामा राखिएको छ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित भए त्यहाँ उपचार गरिने मेयर दाहालले बताइन्।

भरतपुर महानगरपालिकाको पहलमा, उद्योग वाणिज्य संघ चितवन, जिल्लामा रहेका सरकारी, निजी संघसंस्था र अस्पतालको सहयोगमा ७० शय्याको अस्थायी अस्पताल निर्माण भएको हो।

अस्पताल निर्माणपछि कुनै संक्रमित भेटिए उपचार गर्न सहज हुने मेयर दाहालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .