ad ad

समाज


उपत्यकाबाट एक दिनमै एक लाख बढी यात्रु बाहिरिँदै

उपत्यकाबाट एक दिनमै एक लाख बढी यात्रु बाहिरिँदै

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ९:४६,

कोरोना भाइरस (कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यका छाड्नेहरुको संख्या बढेको छ।

शुक्रबार दिउँसोसम्म मात्रै ६८ हजार बढीले उपत्यका छाडेका छन्। महानगरिय ट्राफिक प्रहरीक कार्यालयका अनुसार शुक्रबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म उपत्यकाबाट ६८ हजार २ सय २५ जनाले उपत्यका छाडेका छन्। सो अवधिमा ११ हजार ६ सय ९० गाडी उपत्यकाबाट बाहिरिएका छन्।

महानगरिय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख भीम ढकालका अनुसार शुक्रबार सोही समयमा २६ हजार ३ सय ९१ जना यात्रु उपत्यका भित्रिएका छन्। बिहीबार उपत्यकाबाट १ लाख ८४ हजार ५८ जना उपत्यकाबाट बाहिरिएका थिए । प्रमुख ढकालले उपत्यका छोडेर जानेहरुको संख्या बढिरहेको बताएका छन्। बुधबार ९५ हजार २ सय ४७ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।

शुक्रबार १२ बजेसम्म नागढुंगा नाकाबाट १८ हजार २ सय ६५, भक्तपुरबाट ४७ हजार ४ सय १०, मुड्खुबाट ५ सय ५० र भक्तपुरबाट २ हजार यात्रु बाहिरिएका छन्।

सरकारले शैक्षिक संस्था, तथा चैत महिनामा हुने सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेपछि उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको हो। टिकटका लागि बसपार्क पुगेका कतिपय यात्रुहरुले टिकट नै नपाएको गुनासो गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .