ad ad

समाज


यी हुन् कोरोनाबाट सबैभन्दा बढी प्रभावित १५ मुलुक

यी हुन् कोरोनाबाट सबैभन्दा बढी प्रभावित १५ मुलुक

नेपालखबर
चैत ८, २०७६ शनिबार ११:५२,

कोरोनाका कारण शनिबारसम्म २ लाख ८३ हजार २५६ संक्रमित बनेको पुष्टि भएको छ।

हालसम्म ११ हजार ८२९ को मृत्यु भइसक्दा ९३ हजार ५३५ उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो समय कोरोनाको प्रभाव कोरोनाको उद्गमस्थल चीनमा कम हुँदै गएको छ। त्यहाँ संक्रमित र मृतक दर दैनिक घट्दो छ।

हाल कोरोनाको केन्द्रविन्दु युरोप बनेको छ। युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित राष्ट्र इटली हो। इटलीपछि स्पेन, जर्मनी र फ्रान्स कोरोनाबाट निकै आक्रान्त बनेका छन्।

संयुक्त राज्य अमेरिकामा पनि संक्रमितको संख्या बढ्दै गएको छ। अमेरिका कोरोना प्रभावित राष्ट्रको शीर्ष १० भित्र पर्छ।

डब्लूएचओले कोरोना नियन्त्रण गर्न आक्रमक रुपमा लाग्न विश्वलाई आग्रह गरेको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित १५ मुलुक

१. चीनः ८१ हजार ८ संक्रमित, ३२ सय ५५ को मृत्यु, ७१ हजार ७४० उपचारपछि स्वस्थ

२. इटलीः ४७ हजार २१ संक्रमित, ४ हजार ३२ को मृत्यु, ५ हजार १२९ उपचारपछि स्वस्थ

३. स्पेनः २४ हजार ९२६ संक्रमित, १३ सय २६ को मृत्यु, २ हजार १२५ उपचारपछि स्वस्थ

४. इरानः २० हजार ६१० संक्रमित, १५ सय ५६ को मृत्यु, ७ हजार ६३५ उपचारपछि स्वस्थ

५. जर्मनीः २० हजार १४२ संक्रमित, ७० को मृत्यु, १८० उपचारपछि स्वस्थ

६. अमेरिकाः १९ हजार ७७४ संक्रमित, २७५ को मृत्यु, १४७ उपचारपछि स्वास्थ

७. फ्रान्सः १२ हजार ६१२ संक्रमित, ४५० को मृत्यु, १५ सय ८७ उपचारपछि स्वस्थ

८. दक्षिण कोरियाः ८ हजार ७९९ संक्रमित, १०२ को मृत्यु, २ हजार ६१२ उपचारपछि स्वस्थ

९. स्वीजरल्यान्डः ५ हजार ७११ संक्रमित, ५७ को मृत्यु, ५ हजार ६३९ उपचारपछि स्वस्थ

१०. बेलायतः ३ हजार ९८३ संक्रमित, १७७ को मृत्यु, ६५ उपचारपछि स्वस्थ

११. नेदरल्यान्ड्सः २९ सय ९४ संक्रमित, १०६ को मृत्यु, २ उपचारपछि स्वस्थ

१२. बेलिजियमः २८ सय १५ संक्रमित, ६७ को मृत्यु, २६३ उपचारपछि स्वस्थ

१३. अस्ट्रियाः २६ सय ९५ संक्रमित, ७ को मृत्यु, ९ उपचारपछि स्वस्थ

१४. नर्वेः १९ सय ९५ संक्रमित, ७ को मृत्यु, १ उपचारपछि स्वस्थ

१५. स्वीडेनः १६ सय ५७ संक्रमित, १६ को मृत्यु, १६ उपचारपछि स्वस्थ

यो पनिः

कोरोना भाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

कोरोनाविरुद्धको चिनियाँ कदमबाट अरु देशले के सिक्ने?

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो यी १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .