३ हप्तासम्म देश ठप्प पारिएको प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार घोषणा गरेका थिए।
लकडाउनको समयमा मानिसहरुलाई घरमै बस्न भनिएको छ। समूह र भीडभाड नगर्न आग्रह गरिएको छ।
तर कोभेन्ट्री शहरमा २० जना मानिसहरुले लकडाउनको नियम उल्लंघन गर्दै बार्बिक्यु पार्टी गरेका छन्।
फोलेसिल प्रहरीले ती मानिसहरुको बार्बिक्यु पार्टीलाई आफूहरुले तितरबितर बनाएको ट्वीटरमार्फत जानकारी दिएका छन्।
— Foleshill Police (@FoleshillWMP) March 24, 2020Unbelievably, we’ve just had to deal with 20+ people having a BBQ!! Please listen to government advice else this will get worse and will last longer!! #RIPBBQ #COVID19 #StayHome #Foleshill #Coventry pic.twitter.com/INhXbCjd05
ती व्यक्तिहरुलाई काँधमा काँध मिलाएर रमाइलो गरिरहेको समयमा आफूहरुले भेटेको प्रहरीले बताएका छन्।
विश्वभर कोरोनाका कारण संक्रमित र मृतकको संख्या बढ्दै जाँदा मानिसहरु समूहमा रहँदा कोरोनाको संक्रमण झनै बढ्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ।
बेलायतमा हालसम्म ८ हजार ७७ कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ ४२२ को मृत्यु भएको छ।
प्रतिक्रिया