हङकङबाट आएका बेलायती नागरिकलाई चार दिनदेखि विमानस्थलमै राखिएको छ।
विदेशी नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाए पनि नेपाल एयरलाइन्सले आइतबार हङकङबाट लिएर आएको थियो। तर, उनीसँग बेलायतको पासपोर्ट फेला परेपछि नेपाल प्रवेशमा रोक लगाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले जानकारी दिए।
नेपाल प्रवेश गर्न नपाएका यात्रुलाई हाल नेपाल एयरलाइन्सले नै खाने वस्ने व्यवस्था गरेर विमानस्थल कार्यालयमा राखेको छ। उनलाई उतै फर्काउने भनिए पनि नेपालमा लकडाउन भएपछि त्यो संभव नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।
उनका अनुसार नेपाल एयरलाइन्सले एक जनालाई पु¥याउन फ्लाइट नगर्ने भएकाले योबीचमा बेलायतले नै उद्धार नगरेसम्म उनलाई त्यही राखिने छ। फ्लाइट भएपछि उनलाई बेलायत फर्काइने छ।
प्रतिक्रिया