ad ad

समाज


इटलीमा कोरोनाका कारण ६१ डाक्टरको मृत्यु, ८ हजार चिकित्सक बिरामी

इटलीमा कोरोनाका कारण ६१ डाक्टरको मृत्यु, ८ हजार चिकित्सक बिरामी

नेपालखबर
चैत १७, २०७६ सोमबार १२:६,

इटलीमा कोरोना भाइरस ‘कोभिड १९’ का कारण हालसम्म ६१ जना डाक्टरको मृत्यु भएको छ।

सोमबार इटलीको चिकित्सक संघले दिएको जानकारी अनुसार हालसम्म त्यहाँ ८ हजार ५५८ चिकित्सकहरु कोरोनाले बिरामी परेका छन्। ६१ डाक्टरको भने मृत्यु भइसकेको छ।

मृतक ६१ डाक्टरमध्ये ४० जना कोरोनाले सबैभन्दा ग्रस्त क्षेत्र लोमबार्डिमा कार्यरत थिए।

इटली अमेरिकापछि कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। त्यहाँ ९७ हजार भन्द्या बढी कोरोनाले बिरामी परेका छन्। १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

कोरोनाले ग्रस्त सात राष्ट्र

१. अमेरिकाः १ लाख ४२ हजार ७९३ संक्रमित, २४ सय ९० को मृत्यु, ४ हजार ५६२ उपचारपछि स्वस्थ

२. इटलीः ९७ हजार ६८९ संक्रमित, १० हजार ७७९ को मृत्यु, १३ हजार ३० उपचारपछि स्वस्थ

३. स्पेनः ८५ हजार १९५ संक्रमित, ७ हजार ३४० को मृत्यु, १६ हजार ७८० उपचारपछि स्वस्थ

४. चीनः ८१ हजार ४७० संक्रमित, ३३ सय ४ को मृत्यु, ७५ हजार ७ सय उपचापछि स्वस्थ

५. जर्मनीः ६२ हजार ४३५ संक्रमित, ५४१ को मृत्यु, ९ हजार २११ उपचारपछि स्वस्थ

६. इरानः ४१ हजार ४९५ संक्रमित, २७ सय ५७ को मृत्यु, १३ हजार ९११ उपचारपछि स्वस्थ

७. फ्रान्सः ४० हजार १७४ संक्रमित, २६ सय ६ को मृत्यु, ७ हजार २०२ उपचारपछि स्वस्थ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .