ad ad

समाज


विदेशबाट ४३ सय जना फर्किए, ३८ मात्रै क्वारेन्टिनमा

विदेशबाट ४३ सय जना फर्किए, ३८ मात्रै क्वारेन्टिनमा

गोकुल जोशी
चैत १९, २०७६ बुधबार १३:२०,

पछिल्लो केही दिनयता भारत लगायत अन्य मुलुकबाट कञ्चनपुरमा ४ हजार भन्दा बढी मानिस भित्रिएका छन्। पछिल्लो केही दिनयताको तथ्यांक अनुसार ४ हजार २ सय ८२ जना मानिस विदेशबाट आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

विदेशबाट आएका ती मानिसमध्ये ३८ जनालाई मात्रै क्वारेन्टिनमा राखिएको छ। यद्यपी सात नगरपालिका र दुई गाउँपालिका गरी नौ स्थानीय तह रहेको कञ्चनपुरमा छुट्टा–छुट्टै स्थानमा गरी ३ सय ४० बेड क्षमताको क्वारेन्टिन स्थापना गरिएको छ।

विदेशबाट आएका मानिसहरु क्वारेन्टिनमा नभए पछि अधिकांश क्वारेन्टिन प्रयोगविहीन भएका छन्।

कञ्चनपुरमा पछिल्लो केही दिनमा विदेशबाट फर्किएका ४ हजार २ सय ८२ जनामध्ये ३८ जना मात्रै क्वारेन्टिनमा रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले जानकारी दिए। विदेशबाट फर्किएका अन्य भने होम क्वारेन्टिनमा रहेको प्रशासनको दाबी छ।

कुन स्थानीय तहमा कति भित्रिए?
कञ्चनपुरमा सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा भित्रिएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार कृष्णपुर नगरपालिकामा ८ सय १९ जना भित्रिएका छन्।

यस्तै, भीमदत्त नगरपालिकामा २ सय ५७, महाकाली नगरपालिकामा ३ सय ६०, बेदकोट नगरपालिकामा ७ सय ५५, शुक्लाफाँटा नगरपालिकामा ७ सय ४९, पुनर्वास नगरपालिकामा ७ सय ३०, बेलौरी नगरपालिकामा २ सय ३०, लालझाडी गाउँपालिकामा १ सय ३४ र बेलडाँडी गाउँपालिकामा २ सय ४८ जना भित्रिएको प्रशासनले जनाएको छ।

३ सय ४० शैयाको क्वारेन्टिन प्रयोगविहीन
जिल्लाभरका नौ स्थानीय तहमा रहेका ३ सय ४० शैयाको क्वारेन्टिन भने प्रयोगविहीन जस्तै छन्।
भीमदत्त नगरपालिकामा एक सय शैया, महाकाली नगरपालिकामा १०, बेदकोट नगरपालिकाम ६४, कृष्णपुर नगरपालिकामा ३०, पुनर्वासमा ५०, बेलौरी नगरपालिकामा ४५, लालझाँडी गाउँपालिकामा १८ र बेलडाँडी गाउँपालिकामा २३ गरी जिल्लामा ३ सय ४० शैयाको क्वारेन्टिन तयार छ।

तीमध्ये बेदकोट नगरपालिकामा ११ जना, पुनर्वासमा ५, बेलौरी नगरपालिकामा ३, लालझाडी गाउँपालिकामा १० र बेलडाँडी गाउँपालिकामा ९ गरी जम्मा ३८ जनामात्रै क्वारेन्टिनमा छन्।

४ हजार २ सय ८२ जना भारत, कतार, मलेसिया, युएई, जर्मनी, साउदी अरबिया लगायतका मूलकबाट आएका छन्। यद्यपी भीमदत्त नगरपालिका–४ स्थित स्थापना गरिएको क्वारेन्टिनमा दशगजा क्षेत्रमा अलपत्र ६८ जनालाई उद्दार गरी राखिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .