तर आफूले मगाएको मास्क अन्तिम समयमा बढी शुल्क तिरेर अमेरिकाले किनेपछि फ्रान्स अमेरिकासँग रुष्ट बनेको छ।
कार्गो विमानमा लोड हुन लागेको समयमा आफूले मगाएको मास्क अमेरिकाले तीन गुणा र चार गुणा बढी शुल्क तिरेर किनेको फ्रान्सको आरोप छ।
फ्रान्सले अमेरिकी कार्यलाई अस्वस्थ प्रतिस्पर्धाको संज्ञा दिएको छ।
फ्रान्सले बुधबारमात्र चीनबाट २० लाख मास्क भित्र्याएको थियो। कोरोनाले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये फ्रान्सपनि एक हो।
फ्रान्समा हालसम्म ८२ हजार १६५ जना कोरोना संक्रमित छन्। त्यहाँ ६५ सय ७ को मृत्यु भइसकेको छ।
फ्रान्सले एक अर्बभन्दा बढी मास्क निर्माण गर्न चीनलाई भनेको छ। यसबीचमा फ्रान्सका लागि पठाउन लागिएको मास्क अमेरिकाले बढी शुल्क तिरेपछि त्यो मास्क अमेरिका पुगेको हो।
अमेरिका हाल कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। त्यहाँ २ लाख ७७ हजार ४७५ कोरोना संक्रमित छन्। ७ हजार ४०२ को भने मृत्यु भइसकेको छ। एजेन्सी
प्रतिक्रिया