कोरोना भाइरसको महामारीले विश्व त्रसित बनिरहँदा चिनियाँ आरोहीहरूले सगरमाथा आरोहण सुरु गरेका हुन्।
पछिल्लो समय चीनमा कोरोनाको प्रभाव घट्दो छ। यसबीचमा चीनले उत्तरी मोहडाबाट आरोहण खुला गरेको हो।
बीबीसीका अनुसार कोरोना भाइरसको त्रास अझै रहेका कारण चीनले तत्कालका लागि विदेशी आरोहीहरुलाई सगरमाथा चढ्न भने प्रतिबन्ध लगाएका छन्। चीनका आरोहीलाई मात्र चीनले अनुमति दिएको हो।
विश्वकै सर्वोच्च शिखर सगरमाथा चीन र नेपाल दुवै स्थानबाट चढ्न मिल्छ। नेपालले कोरोनाको त्रासबीच यसअघि नै स्वदेशी तथा विदेशी दुबैका लागि सगरमाथा आरोहण अभियान बन्द गरिदिएको छ।
चीनले पनि आफ्नो मोहडाबाट सगरमाथा आरोहण बन्द गरिदिएको थियो। कोरोनाको प्रभाव घट्न थालेपछि यतिबेला खुला गरिएको हो।
3
Shares
प्रतिक्रिया