ad ad

समाज


ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु

ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु

नेपालखबर
चैत २३, २०७६ आइतबार १६:२३,

सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आज दिउँसो ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित खड्काको आठ वर्षीय छोरा निशान खड्का र सोही ठाउँका दिलबहादुर मगरको चार वर्षीय छोरा निकेश मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

निशान र निकेश उनीहरु दुवै जना घर नजीकै रहेको गौरी खोलामा माटो कोर्ने क्रममा माथिबाट ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयवासीले बताएका छन्। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .